Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा पाँच कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण ?

२०७७ कार्तिक २ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ‘नेप्से’मा सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले सूचीकरण विनयमावली बमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का भएको छ । नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले वार्षिक नवीकरण शुल्क बुझाउन ढिला गरेका कारण कारोबार रोक्का गरिएको हो । जसमा मल्टीपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर,जोशी हाइड्रोपावर,नेपाल हाइड्रो डेभलपर,हिमालय डिष्टीलरी गरी ५ कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले गत असोज १३ गते सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको थियो । नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनयमावली,२०७५ को अनुसूची ३(क) र (ख) मा भएको व्यवस्था बमोजिम आ.व.२०७७/७८को वार्षिक नवीकरण शुल्क बुझाउने समय असोजमसान्त तोकिएको थियो । निर्धारित समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने व्यवस्था छ ।

Ad