
बैंकिङ खबर । कात्तिक २ गत (आज) आइतबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ। बैंकले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडसँग एक्विजीसन सम्झौता गरेसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो। हिजो अर्थात कात्तिक १ गते, सिटिजन्सले तिनाउ मिसनलाई १००ः९६ शेयर स्वाप अनुपातमा एक्वायर गर्ने सम्झौतापत्रमा दुबै बैंकले हस्ताक्षर गरेका थिए।