
बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा शेयर बाँडफाँड भएको हो । इन्स्योरेन्सको शेयर लाख ७३ हजार आवेदकले १० कित्ताका दरले पाएका छन् । कुल आवेदकमध्ये ५ लाख ९० हजार ५८५ आवेदकले शेयर पाएनन् । इन्स्योरेन्सको आइपीओमा ८ लाख ६६ हजार ९०५ वटा आवेदन परेकोमा ३ हजार ३६० वटा आवेदन रद्ध गरी बाँकी आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको क्यापिटलले जनाएको छ । कूल ३० लाख कित्ता आईपीओ जारी गरेको कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । जसमा मागको ६.९९ गुणा धेरै अर्थात १ करोड ९० लाख ९१ हजार ८० कित्ता शेयर माग भएको थियो ।कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये १ लाख २० हजार कित्ता शेयर कम्पनीका कर्मचारीको र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि लागि छुट्याएको थियो । बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड हुनेछ । आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ ।