Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलामीमा बिक्री

२०७७ आश्विन ३० गते

बैंकिङ खबर । नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्री खुलेको छ।प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर असोज ३० गते (आज) देखि लिलामी बिक्री गर्न लागेको हो। लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सक्नेछन्। लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन्। लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिदको लागि आवेदन गर्न सकिनेछ। लिलामी शेयरमा कात्तिक १४ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।लिलामी शेयर खरिदको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ।

Ad