Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तीन वटा बैंकले गरे लाभांश घोषणा, कुन बैंकको कति ?

२०७७ आश्विन २९ गते

बैंकिङ खबर । आर्थिक वर्ष २०७६/०७७ मा ३ वटा बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू र सानिमा बैंक रहेका छन् । लाभांश घोषणमा पहिलो बनेको माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा नगद ३.३७ र बोनस सेयर ७.०३ प्रतिशत रहेको छ । दोस्रो रहेको बैंक अफ काठमाण्डूले नगद ३ प्रतिशत र बोनस १३ प्रतिशतसहित १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै सानिमा बैंकले नगद ३.६ र बोनस १० सहित १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

Ad