
बैंकिङ खबर । शिवम् सिमेन्टले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट शेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नियामक निकायको स्वीकृती र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।