
बैंकिङ खबर । मेगा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामीको बोलपत्र आज (असोज २९ गते) खोलिँदैछ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान १० बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ । बाँडफाँट अनलाइन प्रणालिबाट लाइभ हुँदैछ । मेगा बैंकले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता गरी कुल १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसमा कट अफ प्राइस कति कायम होला भन्ने लगानीकर्ताको चासो रहेको छ ।