बैंकिङ खबर । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरेको छ । बुधबार दरबारमार्गस्थित बैंकको मुख्य कार्यालयमा सम्पन्न विशेष साधारण सभाले फाइनान्सलाई आफुमा गाभ्ने प्रस्ताव पारित गरेको हो । बैंकको विशेष साधारण सभाले सिटि एक्सप्रेस फाइनान्सलाई १० कित्ता बराबर बैंकको ३ कित्ता शेयर स्वापमा खरिद गर्ने प्रस्ताव पारित गरेको हो , अर्थात बैंकले फाइनान्सलाई प्रतिकित्ता ३० रुपैंयाको मूल्यमा दिँदै ७० रुपैंया जगेडा कोषमा सञ्चित गर्ने गरी खरिद गर्ने निर्णय गरेको हो । हाल सिटि एक्सप्रेस फाइनान्सको चुक्ता पूँजी ४० करोड रुपैंया छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख रुपैंया छ । फाइनान्सलाई गाभे पछि बैंकको चुक्ता पूँजी १४ अर्ब ३७ करोड रुपैंया पुग्नेछ भने संस्थापकको हिस्सा ६८.४८ प्रतिशत र सर्वसाधारको ३१.५२ प्रतिशत कायम हुनेछ । इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।सिटिएक्सप्रेस फाइनान्सले पनि बुधबार सम्पन्न विशेष साधारण सभाबाट इन्भेष्टमेण्ट बैंकमा विलय हुने प्रस्ताव पारित गराएको छ । अब दुवै संस्थाले विलय प्रकृयाको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने छन् । राष्ट्र बैंकबाट स्वीकृति पाए पछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि स्वीकृति लिएर एकीकृत कारोबार सुरु हुनेछ ।
बैंक-वित्त
इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने, यस्तो छ बैंकको क्रेडिट रेटिङ ?
२०७७ आश्विन २८ गते