Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वेस्टर्न डेभलपमेन्ट बैंकको मुनाफा ४ करोड २ लाख

२०७३ श्रावण १७ गते

westernवेस्टर्न डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

१५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी भएको वेस्टर्न डेभलपमेन्ट बैंकले २ करोड ४४ लाख रुपैंया जगेडा कोषमा राखेको छ । निक्षेपमा २७ दशमलव ९५ प्रतिशतले वृद्धि गरी २ अर्ब १५ करोड ६२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा३४ दशमलव २७ प्रतिशत बढाएर १ अर्ब ४९ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १७ दशमलव १५ प्रतिशतले बढेर ६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सञ्चालन मुनाफा १२ दशमलव ८५ प्रतिशत बढेर ६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३३ लाख रुपैयाँ राखेको छ ।

बैंकको निस्कृय कर्जा शुन्य दशमलव १६ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १२ दशमलव ६८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक २५ दशमलव ६५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ३६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १५ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ७३ प्रतिशत रहेको छ ।