बैंकिङ खबर । मेगा बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेबाट लागूहुने गरि नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत व्याजदर कायम गरेको छ । त्यस्तै मुद्दती निक्षेपमा न्यूनतम ६ दशमलव २५ देखि अधिकतम ८ दशमलव ५० व्याजदर कायम गरेको छ । बैंकले घरकर्जा, गाडि कर्जा, शैक्षिक कर्जाको लागि १३.१० प्रतिशतमा कर्जा प्रवाह गर्ने भएको छ ।
