
बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले दुई नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।बैंकले थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२७ पुगेको छ । बैंकले बाग्लुङको जैमिनी नगरपालिका वडा नं. ३, दमेकमा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा टेक बहादुर कामी र डोटीको जिल्लाको शिखर नगरपालिका वडा नं. ९, उच्चाकोटमा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको छ । थप शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।शाखारहित बैंकिङ सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,DISH HOME/CDMA/UTL/NTCको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिनेछ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आय स्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको बैंकले जनाएको छ । हाल बैंकले ७१ वटा जिल्लामा २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सनकाउण्टर तथा राजश्व संकलन काउण्टर, बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ