
बैंकिङ खबर । हकप्रद सेयर निष्कासनको लागि ६ वटा कम्पनीले पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नागरिक लगानी कोषसहित श्रीराम सुगर मिल्स, अरुणभ्याली हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी, ङादी ग्रुप र बरुण हाइड्रोले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । ६ वटा कम्पनीले १४ अर्व ६६ करोड ३७ लाख ९३ हजार ८ सय २१ रुपिँया बराबरको हकप्रद सेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । कम्पनीको हकप्रद निष्कासनको स्वीकृति प्रक्रिया प्राथमिक चरणमै रहको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार हाइड्रोइलेक्ट्रिसिटी र नागरिक लगानी कोषको हकप्रद स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हाइड्रो इलेक्ट्रिसिटीले विसं २०७६ साल असार ३१ गते शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको थियो भने नागरिक लगानी कोषले २०७७ भदौ २२ गते १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा हकप्रद विक्री गर्न अनुमति मागेको हो । अरुणभ्याली हाइड्रोपावर डेभलवमेन्ट कम्पनी लिमिटेडले १ं१ को अनुपातमा ९९ करोड ८३ लाख ३ हजार दुई सय ३२ रुपिँया बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रदक सयेर निष्कासनको लागि सबोनमा आवेदन दिएको हो । कम्पनीको उक्त हकप्रदक शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । आवेदन दिएका कम्पनीहरु मध्ये श्रीराम सुगर मिल्सले सबैभन्दा बढी १ बराबर ३ को अनुपातमा हकप्रद निष्कासनको लागि अनुमति मागेको छ । उक्त कम्पनीले आजभन्दा तीन वर्षअघि विसं २०७४ साल वैशाख २८ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । साथै श्रीराम सुगर मिल्सले ३०० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति मागेको हो । लामो समयदेखि हकप्रद शेयर निष्कासन गर्ने अनुमतिको पर्खाइमा ङादी ग्रुप पावर र बरुण हाइड्रो पनि रहेको छन् । ङादीले विसं २०७५ साल पुस २३ गते ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डसँग अनुमति मागेको थियो । त्यस्तै बरुण हाइड्रोले शतप्रतिशत हकप्रद विक्रीको अनुमति माग्दै २०७५ साल जेठ २२ गते बोर्डमा निवेदन दिएको थियो । यी वाहेक अरुणभ्याली हाइड्रोले भने असोज २१ गते शतप्रतिशत हकप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवदेन दिएको छ । सूचीकृत कम्पनीहरुले सहज तरिकाले पूँजी संकलन गर्न सकिने हुदाँ हकप्रद शेयरमा जोड दिने गरेका छन् ।