Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेको थप एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

२०७७ आश्विन २७ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ‘नेप्से’मा थप एकजनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।केही साताअघि नेप्सेका एक अधिकारीलाई कोरोना संक्रमण भएपछि नेप्सेमा करिब ४० जना कर्मचारीहरुको गत आइतबार पीसीआर परीक्षण भएकोमा थप एकजनालाई कोरोना संक्रमण देखिएको हो ।बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएका ती व्यक्ति नेप्से प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको सचिवालयमा कार्यरत कर्मचारी हुन् । नेप्सेमा प्रमुख कार्यकारी अधिकृतको सचिवालयका ती अधिकारीलाई कोरोना संक्रमण भएपछि प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । अन्यको पनि कन्ट्याक्ट ट्रेसिङ  भइरहेको छ ।

Ad