Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से १ दशमलव ७४ अंकले बढ्योे

२०७७ आश्विन २६ गते

बैंकिङ खबर । साताको दोस्रोदिन शेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव ७४ अंकले बढेको छ । आज सोमबार नेप्से परिसूचक १ दशमलव ७४ अंकले बढेर १ हजार ५ सय ७८.०१ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १.३७ अंकले बढेर ३१३.१०विन्दुमा पुगेको छ । कूल १८९ कम्पनीले ६८ लाख १५ हजार ७१० कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्व ९४ करोड ९० लाख ६० हजार १९४ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये ५ समूहको कारोबार बढेको छ । भने बाकीँ ७ उपसमूहको कारोबार घटेको छ । त्यसैगरी, सोमबार कारोबार रकमको आधारमा मुक्तिनाथ विकास बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । बैंकको १६ करोड ५० लाख ८ हजार ८ सय २१ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३ सय ६८ रुपैयाँ पुगेको छ । ९.८५ प्रतिशतले बढेको छ । 

Ad