
बैंकिङ खबर । चाडपर्वलाई मध्यनजर गर्दै सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न छुटका योजना ल्याएको छ । बैंकले नेपालीको महान पर्व बडा दशैं अवसरमा “बिग डिल एट सस्तो डिल” योजना ल्याएको हो । अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्गएप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५% छुट वा अधिकतम् रु २५ सयसम्म क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई First come first serve को आधारमा छुट प्रदान गरिने छ । सो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ । बैंकको हाल सातै प्रदेशमा ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट shopping outlet, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।