बैंकिङ खबर । माछापुच्छ्रे बैंकले स्थिर ब्याजदर सहितको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको गरेको स्थिर ब्याजदर अनुसार होमलोनमा ५ वर्ष अवधिका लागि ९।८९ प्रतिशत, ५ देखि १० वर्षका लागि १०.८९ प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि ११.८९ प्रतिशत ब्याजदर कायम गरिएको छ । त्यस्तै अटोलोनमा ५ वर्षको लागि ९.८९ प्रतिशत र ५ देखि १० वर्षको लागि १०.९९ प्रतिशत ब्याजदर तोकिएको छ भने अन्य खुद्रा ऋणका लागि ५ वर्षसम्मको अवधिका लागि १०.२४ प्रतिशत, ५ देखि १० वर्षको लागि ११.२४ प्रतिशत र १० वर्षभन्दा लामो अवधिको लागि १२.२४ प्रतिशत ब्याजदर कायम गरीएको छ ।