
बैंंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले जारी गरेको ऋणपत्रमा लगानी कर्ताको उल्लेखनीय सहभागिता देखिएको छ । बैंकले असोज १६ गते निष्कासन गरेको ३ अर्बका ऋणपत्रमा माग भन्दा बढि रकमको आवेदन परेको हो ।छोटो समयमै लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वास देखाएको भन्र्दै बैंकले सम्पूर्ण लगानीकर्ता हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकले निष्काशन गरिएको ऋणपत्र भने आश्विन २० गते बन्द गरिएकोे हो । लगानीकर्ताले देखाएको विश्वास र निरन्तर सहयोग र सदभावले बैंकलाई अझ बढि नवीनतम र उतकृष्ट सेवा प्रदान गर्न अभिप्रेरित गरेको बैंकले जनाएको छ ।