Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंक र होटल अकामा बीच सम्झौता

२०७७ आश्विन २२ गते

बैंकिङ खबर ।  माछापुच्छ्रे बैंक र होटल अकामा बीच सम्झौता भएको छ । माछापुच्छ्रे बैंक ग्राहकहरूले होटल अकामा खाना र पेय पदार्थमा १५ प्रतिशत छुट दिने गरि सो सम्झौता भएको हो । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन । नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकहरुलाई सहुलियत प्रदान गर्नको लागि बैंकले बिभिन्न संघ संस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको बैंकले जानकारी दिएको छ ।बैंकले हाल १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १हजार भन्दा बढी पिओएस बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Ad