Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

युनाईटेड इदी–मर्दीको ‘आइपिओ’ भर्ने म्याद थप, कहिलेसम्म आवेदन दिन सकिने ?

२०७७ आश्विन २२ गते

बैंकिङ खबर । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले साधारण शेयर ‘आइपिओ’को आवेदन मिति थप गरेको छ । युनाइटेड इदी–मार्दीले असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। सो आईपीओमा अब कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ। कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दालाई ४ लाख २० हजार कित्ता आइपिओ निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाकाका लागि १०० अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। स्थानीयले ढिलोमा कार्तिक ६ गतेसम्म यो शेयरका लागि आवेदन दिन सक्नेछ । दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता शेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

Ad