Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुम रेमिटबाट पठाएको रकम अब ओम, इन्नोभेटिभ र जनउत्थानले भुक्तानी गर्ने

२०७३ श्रावण १६ गते

boomकाठमाडौँस्थित सोल्टीमोडमा केन्द्रिय कार्यालय रहेको बूम रेमिट्यान्स प्रालीले ओम डेभलपमेन्ट बैक, इन्नोभेटिभ डेभलपमेन्ट बैक र जनउत्थान सामुदायिक लघुवित्त बिकास बैकलाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । सम्झौतापत्रमा बूम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र ओम डेभलपमेन्ट बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी, इन्नोभेटिभ डेभलपमेन्ट बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार दाहाल र जनउत्थान सामुदायिक लघुवित्त बिकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीराम प्रोख्रलले आइतबार हस्तक्षर गरे । यससँगै अब बुम रेमिट्यान्समार्फत पठाएको रकम ओम डेभलपमेन्ट बैक, इन्नोभेटिभ डेभलपमेन्ट बैक र जनउत्थान सामुदायिक लघुवित्त बिकास बैकका जुनसुकै शाखाबाट लिन सकिने भएको छ । 

बूम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । बूम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसीया, कोरीया, जापान, अस्टे«लिया, युरोपबाट समेत कारोवार सुरु गर्नेछ ।