
आज बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक १४.६८ अंकले बढेर एक हजार ६००.९७ मा पुगेको छ । नेप्से ०.९३ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक ३.१७ अंकले बढेर ३१६.३९ मा पुगेको छ । कूल १९५ कम्पनीले १ करोड २६ लाख ९९ हजार ६३५ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्व ३५ करोड ८५ लाख ६ हजार २९६ कारोबार भएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर घटेको छ ।त्यसैगरी, आज अरुण कावेली पावर लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीको १५ करोड २३ लाख ८३ हजार ३ सय ३६ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
