
बैंकिङ खबर । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना जारी गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर अपडेट गर्न भन्र्दै सुचना प्रकासन गरेको हो । बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर वर्षदिन यता प्रयोग नगरेका ग्राहकहरुलाई तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो