Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से ४ दशमलव १७ अंकले उकालो लाग्दा २ अर्व बढिको कारोबार

२०७७ आश्विन २० गते

बैंकिङ खबर । साताको तेस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक ४ दशमलव १७ अंकले उकालो लागेको छ । आज मंगलबार नेप्से परिसूचक ४.१७ अंकले बढेर १ हजार ५ सय८६.२९ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ०.७६ अंकले बढेर ३१३.२२ विन्दुमा पुगेको छ । कूल १९५ कम्पनीले ८७ लाख ९४ हजार ४४७ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्व २० करोड ९२ लाख ४८ हजार ३३४ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये ६ समूहको कारोबार बढेको छ । भने बाकीँ ६ उपसमूहको कारोबार घटेको छ ।

Ad