Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकको डेबिटरक्रेडिट कार्डमा २ सय ‘क्यास व्याक अफर’ योजना

२०७७ आश्विन १९ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंकको २१ औँ बशन्तमा प्रवेश गरेको अवसरमा ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी)स्मार्ट योजना संचालनमा ल्याएको छ । बैंकले चाडपर्वको मध्यनजर गर्दैै डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यास व्याक अफर संचालनमा ल्याएको हो । सोही योजनाअन्तर्गत ग्राहकहरुले माछापुच्छ्रे बैंकको डेविट कार्ड तथाक्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशतवा बढिमा .२०० सम्मको क्यास व्याक अफर प्राप्त गर्न सक्नुहुनेछ । बैंकको वार्षिकोत्सवको अवसरमा २० दिनसम्म संचालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागि भई क्यास व्याकप्राप्त गर्न ग्राहकहरुले क्यास ब्याक अवधिभर कम्तीमा रु २०० बरावरको २ वटा छुट्टा छुट्टै कारोबार गर्नुपर्नेछ । कोभिड १९ को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिदै गइरहेको समयमाडिजिटल कारोबारलाई प्रोत्साहितगर्नबैंकले उक्त२०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो ।स्थापनाको २१ वर्षमा आइपुग्दा बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा, ५ वटा एक्सटेन्सनसमेत गरी जम्मा २९८ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १९९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

Ad