Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामलिङ्ग पावर कम्पनीकोे ‘आइपिओे’ विक्रीप्रबन्धकको लागि नेपाल एसबिआई मर्चेण्ट नियुक्त

२०७७ आश्विन १९ गते

बैंकिङ खबर । सामलिङ्ग पावर कम्पनी लिमिटेडको निष्कासन ‘आइपिओे’ विक्रीप्रबन्धकको लागि नेपाल एसबिआई मर्चेण्ट नियुक्त भएको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० दरकोे १२ लाख ३० हजार कित्ता १२ करोड ३० लाख साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन ‘आईपीओ’को निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको हो । साथै यस नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई उक्त कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत भएको छ । सामलिङ्ग पावर कम्पनीकोे रजिष्टर्ड कार्यालय सानेपा–२ ललितपुरमा आयोजित एक समारोह बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावरका प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सामलिङ्ग पावर कम्पनीको कम्पनीे अध्यक्ष विजय बहादुर राजभण्डारी तथा संचालक मोहनदास मानन्धर र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको प्रमुख वित्तीय अधिकृत कृष्ण सिग्देलको उपस्थिती रहेको थियो । उर्जा डेभलपर्सको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना ९.५१ मे.वा २०२० डिसेम्बर सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनी स्थापनको तीन वर्षभित्र उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।

 

Ad