
बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले धनगढी उप–महानगरपालिका बसपाकको लागि शुद्ध पिउने पानीको ट्याङकी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उप–महानगरपालिकाको धनगढी बसपार्कको लागिे पानी ट्याङकी हस्तान्तरण गरेको हो । उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखा प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि दिपक थापाले मुक्तिनाथ विकास बैंक नाफा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा समेत गरे । बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहक आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न ग्राहकले VISA NETWORK अन्तर्गत जुन सुकै बैंकको ATMबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।