Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंक र दुधौली नगरपालिका बीच सहुलियतपूर्ण कर्जा सहकार्य गर्ने सम्झौता

२०७७ आश्विन १९ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दुधौली नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका हुन् । सोही सम्झौता पश्चांत नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । नगरलालिकाले गरेको सिफारिसको आधारमा उद्यमीहरुलाई बैंकले सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सोही सम्झौताले सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र कर्जाले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए ।  सोहि सम्झौता कार्यक्रमा बोल्दै नगर प्रमुख घनश्याम राउतले कर्जाको उपभोगबाट नगरबासीले आफ्नो तथा समुदायको आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।

Ad