रिलायन्स लोटस फाइनान्सले गत आर्थिक बर्षमा ८ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्ष ४ करोड ५५ लाख कमाएको कम्पनीको नाफा ९१ प्रतिशतले बढेको हो । ४४ करोड ५७ लाख रुपैया चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १३ करोड १० लाख रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीले ५३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसअवधिमा १ करोड ७० लाख रुपैयाँ खराब कर्जा उठाएको कम्पनीले २ करोड २६ लाख प्रोभिजनमा राखेको छ । जसको खराब कर्जा २.५० प्रतिशत रहेको छ । फाइनान्सको प्रति शेयर आम्दानी १९.४२ रुपैयाँ, मुल्य आम्दानी अनुपात १५.५० गुणा, प्रति शेयर नेटवोर्थ १२८ रुपैयाँ रहेको छ ।


