Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशियाका कार्ड प्रयोगकर्ताले सुजुकीका दुई पाङ्ग्रे सवारी किन्दा छुट पाउने

२०७७ आश्विन १८ गते

बैंकिङ खबर ।  एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा रू. १२,०००/– नगद छुट तथा रू. ३,०००/– नगद फिर्ता गरी कुल रू. १५,०००/– रकम छुट प्राप्त गर्ने समझदारी भएको छ । यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा भीजी अटोमोबाइल्स प्रालिबाट को तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ ।

हाल यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

Ad