Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंक र ‘पे नेप’ बीच सम्झौता

२०७७ आश्विन १६ गते

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकको थप सुविधालाई मध्यनजर गर्दै ‘पे नेप’ (मोरु) संग सम्झौता गरेको छ । बैंकले सहज र डिजिटल बैंकिङ्ग सेवा लगायतका थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरिएको हो । सो सम्झौता अन्र्तगत ग्राहकले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु)मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट लगायतका अन्य सुविधाहरु प्राप्त गर्न सकिने छन् । बैंकले ग्राहकको लागि चेक र ब्त्ः को विकल्पको रुपमा पे नेपको सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल देशभरमा ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै संचालनमा गरिरहेको छ ।

 

Ad