
बैंकिङ खबर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बागलुङको बाढी पहिरोले क्षतिग्रस्त भएको ठाँउको निरीक्षण गर्दै नगरपालिकालाई वाढीपिडित उद्धार कोषमा रहने गरि रु. ५००,०००/– सहयोग प्रदान गर्नुभएको छ ।
आज बिहिबार बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री राम शरण बस्नेतबाट बिशेष निरिक्षण भएको थियो ।
उक्त अवसरमा बाढी प्रभावित बोबाङ वडा अन्तर्गतका स्थानियहरु संग वहाहरुले प्रत्यक्ष भेटघाट गर्नुभयो । स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउहरुमा केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पु-याउने क्षतविक्षतभएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी समेत दिईएको छ । त्यहाँ करिब ३७ जनाले ज्यान गएको, विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्तभएका छन् ।
बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राख्नु भएको थियो । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरि रु. ५००,०००/– सहयोग प्रदान गरीएको हो ।
।