Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जनरल इन्स्योरेन्सको ‘आइपिओ’ ब्रिक्री बन्द

२०७७ आश्विन १४ गते

बैंकिङ खबर । जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारणस शेयर ‘आइपिओ’ बिक्री बन्द गरिएको छ । कम्पनीले निष्काशन गरेको सर्वसाधारण शेयर बिक्रि बन्द गरिएको हो ।  कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । कम्पनीले २७ लाख ३० हजार कित्ता आईपीओ असोज ११ गतेदेखि बिक्रीको लागि खुल्ला गरेको थियो । आईपिओमा सर्वसाधारण आवेदकहरुबाट माग गरे भन्दा बढी शेयर खरिदका लागि आवेदन प्राप्त भएकोले आज बैंकिङ समय पश्चात सो शेयरका लागि आवेदन दिने कार्य बन्द गरिने कम्पनीले जनाएको छ । शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ ।

Ad