Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से बुधबार ३ दशमलव १९ अंकले घट्यो

२०७७ आश्विन १४ गते

बैंकिङ खबर । साताको चौथोे दिन शेयर कारोबार मापक नेप्से परिसूचक ३ दशमलव १९ अंकले घटेकोे छ । आज बुधबार नेप्से परिसूचक ३.१९ अंकले घटेर १ हजार ५ सय ५०.४३ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले घटेर ३०७.१७ विन्दुमा पुगेको छ । कूल १९० कम्पनीले ८० लाख १९ हजार १८६ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्व ९५ करोड ३३ लाख ५६ हजार ८९४ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये ४ समूहको कारोबार बढेको छ । भने बाकीँ ८ उपसमूहको कारोबार घटेको छ । आज जलविद्युत्, उत्पादन र म्युचुअल फण्ड, विकास बैंक, फाइनान्स बाहेकका सबै सूचक ओरालो लागेका छन्। जलविद्युत्८.७, र फाइनान्स ३.०१, म्युचुअल फण्ड ०.१३, विकास बैंक ३४.५४, अंकले बढेको छ। त्यसैगरी, बैंकिङ समूह व्यापार, होटल कारोबार घटेको छ। त्यस्तै, निर्जिवन बिमा अन्य, माइक्रोफाइनान्स र जीवन बिमाको कारोबार घटेको छ।

Ad