
बैंकिङ खबर । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी टंक प्रसाद रेग्मीको नाममा कायम १३ हजार ३ सय ६२ कित्ता बिक्री गर्न लागेको हो । बैंकले सूचना प्रकाशन गर्दै संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । सो शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।