Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चाडपर्व लक्षित गर्दै यूनाइटेड फाइनान्स ल्यायो ‘यूनाइटेड सुनिश्चित भविष्य मुद्दती निक्षेप’ योजना

२०७७ आश्विन १३ गते

दसैं, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी युनाइटेड फाइनान्स लिमिटेडले ‘यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप’ योजना ल्याएको छ । नेपालीहरुको महानपर्वहरु मध्यनजर गर्दै फाइनान्सले आकषर्क ब्याजदरमा लामो समयाअवधिको मुद्धती निक्षेप योजना संचालनमा ल्याएको हो ।सो योजनामा सम्पूर्ण आम सर्वसाधारण, संघसंस्थाहरु सहभागी हुन पाउने छन् । नेपालको प्रतिष्ठत व्यापारिक घरानाको लगानीको साथ साथै भारतको प्रतिष्ठित मुथुट फाइनान्स समेतको रणनीतिक साझेदार रहेको युनाइटेड फाइनान्सले देशभर रहेको आफ्नो २२ शाखा तथा कार्यालयबाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागी बिभिन्न आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदर, सुन धितो कर्जा लगायत डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड अन्य बित्तीय सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ । यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेपको लागी यूनायटेड फाइनान्सको दरवारमार्ग काठमाडौं सम्पर्क गर्न सकिनेछ ।

Ad