Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से ७ दशमलव २१ अंकले ओरालो लाग्दा १ अर्व ८२ करोड माथिको कारोबार

२०७७ आश्विन १३ गते

बैंकिङ खबर । साताको तेस्रोे दिन शेयर कारोबार मापक नेप्से परिसूचक ७ दशमलव २१ अंकले ओरालो लागेको छ । आज मंगलबार नेप्से परिसूचक ७ दशमलव २१ अंकले ओरालो लाग्दा १ हजार ५ सय ५३.६२ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १.७९ अंकको गिरावटका साथ ३०७.८२ विन्दुमा पुगेको छ । कूल १९२ कम्पनीले ७२ लाख ८० हजार ६६५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्व ८२ करोड ३२ लाख ८३ हजार १७५ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये ३ समूहको कारोबार बढेको छ । भने बाकीँ ९ उपसमूहको कारोबार घटेको छ ।

Ad