Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

विश्व बैंकको अनुमान : एशियाको जीडीपी वृद्धि १९६७ पछिकै सबैभन्दा कम हुने

admin २०७७ आश्विन १३ गते
सेयर:


बैंकिङ खबर । एशियामा कोरोना महामारीको कारण १९६७ पछि कै सबैभन्दा कम जीडीपी वृद्धि दर हुन सक्छ । यो लगभग ०.९ प्रतिशत हुनेछ । विश्व बैंकले आर्थिक अपडेटमा यस्तो जानकारी दिएको हो ।
विश्व बैंकको यो जानकारीका अनुसार पूर्वी एशिया र एशिया प्रशान्त (चीन सहित) मा कोरोनाको कारण विगत ५० बर्षको सबैभन्दा कम वृद्धि दर हुनेछ । कोरोना भाइरस महामारीको कारण पूर्वी एशिया र प्रशान्त क्षेत्रका साथै चीनको अर्थव्यवस्थामा पनि सबै भन्दा कम बृद्धि हुने  अपेक्षा गरिएको छ । विश्व बैंकका अनुसार २०२० मा यस क्षेत्रमा ०.९ प्रतिशत मात्र वृद्धि हुने अपेक्षा गरीएको छ ।

बाँकी क्षेत्रमा ३.५ प्रतिशत गिरावटको अनुमान
आर्थिक अपडेटका अनुसार पूर्वी एशिया र प्रशान्त क्षेत्रको बाँकी क्षेत्रमा जीडीपीको वृद्धि दरमा ३.५ प्रतिशतको गिरावट आउन सक्छ । प्रतिवेदनमा भनिएको छ “महामारीलाई रोकथाम गर्ने प्रयास र यसको प्रसारले आर्थिक क्रियाकलापमा उल्लेखनीय समेत ल्याएको छ ।” यी देशहरूले महामारीको आर्थिक र वित्तीय प्रभाव पार गर्नका लागि राजस्व जुटाउन वित्तीय सुधार गर्नुपर्नेछ ।

 

 

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।