बैकिङ खबर । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नवीकरणका लागि असोज मसान्तभित्र शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
धितोपत्र सुचिकरण विनियामावली २०७५ को अनुसूचीमा भएको व्यवस्था अनुसार नेप्सेले आर्थिक वर्ष २०७७ ७८ को धितोपत्र वापतको बार्षिक नबिकरण शुल्क बुझाउन अनुरोध गरेको हो ।
जस अनुसार ५० करोडसम्म चुक्तापूँजी भएका कम्पनीलाई वार्षिक नबिकरण शुल्क बापत ५० हजार रुपैयाँ तोकिएको छ । ५० करोडभन्दा माथिका कम्पनीले भने १ लाख बुझाउनु पर्नेछ । यस्तै, ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका म्युचुअल फन्डले २५ हजार रुपैयाँ नवीकरण शुल्क बुझाउन पर्नेछ भने, ५० करोड माथिका म्युचुअल फन्डले ५० हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था रहेको छ ।
सूचीकृत कम्पनीहरुले नविकरण शुल्क बापतको रकम ग्लोबाल आइएमई बैंकको ७५०१०१००००७७५ खातामा नम्बरमा पठाउनु पर्नेछ ।
