
बैंकिङ खबर । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहको १० लाख ७० हजार २ सय ६ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरूले आश्विन २० गते, मंगलबारबाट कार्तिक ४ गते, मंगलबारसम्म आवेदन पेश गर्न सक्नेछन् । शेयरको न्युनतम मूल्य प्रतिशेयर ३ सय ९५ रूपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सो भन्दा धेरै मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम ५ हजार कित्ताको आवेदन दिनुपर्नेछ । अधिकतम शेयर संख्याको भने हद लाग्ने छैन । शेयर बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।