
बैंकिङ खबर । साताको दोस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकको गिरावट आएको छ । आज सोमबार नेप्से परिसूचक ४.७३ अंकको गिरावटका साथ १ हजार ५ सय ६०.८३ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ०.८७ अंकको गिरावटका साथ ३०९.६० विन्दुमा पुगेको छ । कूल १९१ कम्पनीले ६९ लाख ९७ हजार ४२० कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्व ६९ करोड १ लाख ५४ हजार ५२५ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये २ समूहको कारोबार बढेको छ । भने बाकीँ १० उपसमूहको कारोबार घटेको छ ।
