Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जनरल इन्स्योरेन्सको ‘आइपिओ’को लागि पहिलो दिनमा कतिले दिए आवेदन ?

२०७७ आश्विन १२ गते

बैंकिङ खबर । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर ‘आइपिओ’ निष्कासन गरेको पहिलो दिनमा दई गुणा बढि आवेदन परेको छ । इन्स्योरेन्स कम्पनी ‘आइपिओ’ निष्कासन गरेको दिनमा ९३ हजार ३ सय ५ जनाको आवेदन परेको हो । निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको अनुसार पहिलो दिन ९३ हजार ३ सय ५ जनाले ३१ लाख १८ हजार ९ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । यो माग भन्दा १.१४ गुणा धेरै आवेदन हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर ‘आइपिओ’ निष्कासन तथा बिक्री खुल्ला गरेको हो। जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको छ।आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

Ad