Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल फाईनान्सको २७ औं बार्षिक साधारण सभा सम्पन्न

२०७७ आश्विन ११ गते

 

बैंकिङ खबर । नेपाल फाईनान्स लिमिटेडको २७ औं बार्षिक साधारण सभा कोभिड १९ महामारीको बाबजुत सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) माध्यमबाट संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाण्डौंमा संचालकहरु प्राध्यापक हिरेन्द्रमान प्रधान राष्ट्रिय योजना आयोगको सदस्य भइसक्नुभएका प्रा. हिरेन्द्र मान प्रधान –अध्यक्ष) , चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा सम्पन्न भएको छ ।
सो साधारणसभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु-याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो । साथै साधारण सभाले यसका लागि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ ।
२०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकाल देखि हाल सम्म आफ्नै इतिहास वोकेको छ ।
यस संस्थालाई नयाँ ढंगले आफै संचालन गर्न सकिन्छ भन्ने अठोटका साथ केहि नयाँ शेयरधनीहरु समेतको सक्रियतामा यस संस्थाको चुक्तापूँजी रु ८४,०२,६५,५९४÷– अक्षरेपी चौरासी करोड दुई लाख पैसाठ्ठी हजार पाँच सय चौरानब्बे मात्र) पु¥याउन १ः१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव यसै साधारणसभाबाट पारित भएको समेत कम्पनीले जानकारी गराएको छ । संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ जस अन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको छ ।

हाल संस्थाको सुधार कार्यक्रम अन्तर्गत केहि अत्यावश्यक भौतिक सामाग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ । अव आउने दिनहरुमा संस्थालाई आधुनिकिकरण गर्दै लैजाने रणनिति लिइएको छ ।

अवका दिनहरुमा संस्थाको सम्पतिको गुणस्तरमा वृद्धिगर्दै लैजाने योजना रहेको कम्पनीको योजाना छ । यस संस्थाको व्यावसायिक सक्षमता अभिवृद्धि गर्नका लागि आधुनिक सूचना प्रविधिलाई अवलम्वन गर्दै लैजाने र संस्थाको कर्मठ तथा ईमान्दार कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठिको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिदै लगिएको छ ।

 

Ad