Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्धारा लघुवित्तहरुलाई नयाँ निर्देशन (निर्देशनको पूर्ण पाठसहित)

२०७७ आश्विन ९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले न्युनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका लघुवित्तहरुलाई लाभांश वितरणमा कडाई गरेको छ । त्यसैगरी राष्ट्र बैंकले राष्ट्रिय स्तरमा स्तरोन्नती हुन नसकेको र एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरिरहेको संस्थाले २०७८ असार मसान्तभित्र कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेका शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरीसक्न भनेको छ । प्रादेशिकस्तरको संस्थाले आप्mनो कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेको शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरणको प्रक्रिया पूरा नगरेसम्म आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्लामा नयाँ शाखा विस्तार गर्न रोक लगाएको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनको पूर्ण विवरण यस्तो छ ।

Ad