
बैंकिङ खबर । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘कोभिड १९’ले पारेको अवस्थालाई मध्यनजर गर्दैै कर्जाको व्याजमा १० प्रतिशत छुट दिने भएको छ । बैंकले असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । ग्राहकहरुले यस विषम परिस्थितिमापनिकर्जाको किस्ता/ब्याजभुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ । बैंकले देभरमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले देशभरका करिब ५ लाखभन्दा बढी ग्रहाकहरु सम्म सेवा पुर्याेएको छ ।