Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकले सुरु गर्याे ‘नबिल फोनलोन’ सुविधा, यसरी लिन सकिन्छ ऋण !

२०७७ आश्विन ५ गते

बैंकिङ खबर । काठमाडौं । नबिलले बैंकले ‘नबिल फोनलोन’ सुविधा सुरु गरेको छ ।बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको हो ।डिजिटल बैंकिङ प्रणाली मार्फत बैंकले तलबी खाता बाहेक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।

कसरी लिने ऋण ?

नबिल बैंकले ल्याएको ‘फोनलोन’ डिजिटल सुविधा हो । यो सेवा बैंकले ँज्ञक्यात इंटरनेशनल प्रँ.लि.को सहकार्यमा ल्याएको हो। नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने छ ।

यस्ता छन् फोन लोनका विशेषता

कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । नस्ट्यान्ड लोन, बिना धितो ऋण, सुक्ष्म ऋण यस योजना अन्तर्गत एक लाखसम्म ऋणको सुविधा लिन सकिने छ ।बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने भएकाले अत्यन्तै लोकप्रिय हुने भनाई छ । उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’

 

 

Ad