बैंकिङ खबर । सिद्धार्थ बैंकले बिहीबार काठमाडौंस्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।बैंकले तिनचुली क्षेत्रमा सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याेउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याएको हो । कोभिडको अवस्थामा समेत बैंक समपूर्ण सतर्कता तथा विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरीरहेको छ ।सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, अनलाइन सुविधा, रेमिटेन्स सेवा सुचारु गरीरहेको छ ।बैंकको ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरिय बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।