बैंकिङ खबर । निशेधाज्ञा खुलेपनि बजार चलायमान हुन नसक्दा बैंकमा कर्जा लिनेहरु खासै बढेका छैनन् । बैंकहरुले सस्तो व्याजमा कर्जा दिएपनि कर्जा लिनेहरु बढ्न सकेका छैनन् । गाडि लिलामी गर्ने, घर लिलामी गर्ने तथा घरजग्गा धितो राखेर कर्जा निकाल्नेहरु भने बढेका छन् । कोरोनाको संत्रास बढ्दै जाँदा अर्थतन्त्रले सही बाटो लिन सकेको छैन । व्यबसाय खुल्ला भएपनि ग्राहकहरुको उपस्थित छैन । सरकारले विभिन्न विषयमा समय छुट्याएर व्यबसाय खोल्न दिएको छ । तर बजार चलायमान बनेको छैन । यसको प्रभाव सिंगो वित्तीय क्षेत्रमा परेको छ । उद्योग खोल्ने वा व्यबसाय गर्नेहरु नहुँदा व्यबसायीक कर्जा लैजानेहरु सुन्य प्राय छ । गाडिको लागि बैंकवित्त र गाडि कम्पनीले विभिन्न स्किमहरु ल्याए पनि गाडि खरीद गर्नेहरु आकबर्षीत छैनन् । आर्थिक अन्यौलता र बढ्दो संक्रमणका कारण गाडि खरीद गर्नेहरु भन्दा गाडि भएकाहरु नै विक्रिको लागि अग्रसर छन् ।
विशेषगरी गाडिको दोस्रो बजार अर्थात सेकेन्डहेन्ड गाडि विक्रि गर्नेहरु बढेका छन् । ‘बैंकको किस्ता र व्याज बढ्दै जाने तथा व्यबसाय र रोजगाडि कम्जोर भएका कारण यस्तो अबस्था आएको हो। काम नहुँदा गाडिको प्रयोग भएन, विक्रि गर्नु नै उत्तम हुन्छ, कम्तिमा बैंकको ऋण तिर्न सकिन्छ’ चावहिलका गोपाल खनालले सेकेन्ड हेन्डको स्वरुममा गाडि छाडेपछि बताए उनीजस्ता धेरै मानिसहरु गाडि विक्रिको प्रोसेशमा छन् । कामकाज नहुँदा गाडिको प्रयोग नहुने र बैंकको व्याज बढीरहने हुँदा दोस्रो बजारमा गाडि बिक्रि गर्नेहरु बढेका हुन् । कन्सल्टेन्सी, रोजगार कम्पनी, होटल तथा पर्यटन क्षेत्र, शैक्षिक क्षेत्रमा काम गर्ने कर्मचारीहरु सबैभन्दा मारमा छन् । अन्य क्षेत्र पनि उस्तै समस्यामा छ । नीजि क्षेत्र विशेषगरी केही गर्ने हिम्मत बटुलेका युवा पीडीलाई कोरोना कहरले आर्थिक तनावमा पारेको छ । केही गर्ने र स्वदेशमै उद्यमी बन्ने सपना साँचेका व्यक्तिहरु कोरोनाका कारण निरास हुन थालेका छन् ।
चारपांग्रे साना सवारी साधन तथा मोटरसाइकल र स्कुटर खरिद गर्दा कम्पनीहरुले छुटका कार्यक्रमहरु अघि सारेपछि उपभोक्ता पनि आकर्षीत हुने अनुमान थियो । तर कारको बजार छैन । पुराना कारहरु पनि धेरै विक्रिमा राखिएका छन् । गाडिका लागि बैंकहरु पनि लगानी गर्न तयार छन् । गाडि कम्पनीहरुले ६ महिनाको किस्ता समेत आफैले बुझाउने समेतका स्किम ल्याएका छन् । लकडाउन खुकुलो भएसँगै मोटरसाइकल र स्कुटरको बिक्रि भने बढेको छ ।
उता घरजग्गा कारोृबार पनि सुस्ताएको छ । कारोबार सुस्ताउँदै गर्दा केही घरजग्गाको धितो फुकुवा र नयाँ धितो राख्ने काम भएको छ । पुरानो व्याज महंगो भएका कारण नयाँ व्याजदरमा आकर्षण बढेको छ । आकर्षण बढेसँगै कर्जा लिनेहरु भने कम छन् ।