Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको मलेखु शाखाद्धारा अनलाइन मार्फत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

२०७७ भाद्र २४ गते

 

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैक लि.ले समय समयमा विभिन्न सामजिक उत्तरदयित्वका कामहरु गर्ने क्रममा अनलाइनको माध्यमबाट मलेखु शाखाले बेनिघाट रोराङ्ग वडा नम्बर ३ मा रहेको जय बागेश्वरी बहुमुखी क्यापस का विधार्थीहरु र अभिभाबक समेत संलग्न गराई क्याम्पस स्तरिय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा सांग्रिला बैकको मलेखु शाखाका प्रमुख गौरब काफ्लेले बंैक तथा बित्तिय क्षेत्रको प्रयोग र महत्ब दिनानु दिन बढदै गइरहेको, आधुनिक बैकिङ्ग प्रणलीका बारेमा कोभिड १९ ले गर्दा डिजिटल बैकिङ्ग प्रबिधिको महत्व र यसको उपयोगिता बचत र कर्जाका बारेमा लगायत अन्य बैंक तथा वित्तिय बिषयमा जानकारी दिनुभयो । कार्यक्रममा जय बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख रामजी सिलबालले सांग्रिला र्बैंकको यो प्रयास अति राम्रो रहेको र बिधार्थीहरुको किताबी शिक्षा संगसगै यस ब्यबहारिक छलफल तथा बसाइले थप शिक्षीत बनाउने बिश्वास ब्यक्त गर्दै बैंकलाई धन्यबाद दिनुभयो । उहाँले आगामी दिनमा समेत यस्ता सामाजिक काम गर्न सुझाब दिदै सदैव सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभयो ।

Ad