
बैंकिङ खबर । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नं २ मा आठौं शाखा कार्यालयका रुपमा यही २०७७ भाद्र २२ गतेदेखि कारोबार सञ्चालन गरेको छ । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु हेटौंडा शाखाबाट समेत प्रवाह गरिनेछ । देशका प्रमुख शहरहरुमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप यो शाखा कार्यालय स्थापना गरिएको कम्पनीले जनाएको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँले कोभिड १९को महामारीका बीच स्थापना गरिएको यस नयाँ शाखाले हेटौंडा उपमहानगरपालिका सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलो मै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वा लगायतका डीजीटल बैकिङ सम्बन्धी सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखा रहित बैकिङ सेवा संचालन गर्ने योजना अघि बढाएको छ । कुल ८० करोड १ लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाले हाल ७ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्शन कार्यालयहरुमार्फत आफ्ना सेवा तथा सुविधाहरु प्रवाह गरिरहेको छ ।