बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त सेवालाई प्राथमिकतामा राखिने बताएका छन् । स्वर्गीय हरिहरदेव पन्तको ५ औं पुण्यस्मृति दिवशमा आयोजित वेभनारमा गभर्नर अधिकारीले ग्रामीण बैंकिङलाई उत्साहित गर्ने राष्ट्र बैंकको योजना भएको बताए । ग्रामीण भेगका विपन्न वर्गमा लघुवित्तमार्फत जिविकोपार्जनमा लघुवित्तको भूमिका महत्वपूर्ण हुने उनले बताए । उनले ग्रामिण अर्थतन्त्रमा लघुवित्तको भूमिका महत्वपूर्ण रहँदै आएको र यसलाई राष्ट्र बैंकले महत्व दिने पनि बताए । कार्यक्रममा पूर्व गभर्नर गणेशबहादुर थापाले लघुवित्तको महत्वलाई जोड दिए ।